सरकारको ज्यादती, बुटवलमा विवेकशील साझाका दर्जन कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकारको ज्यादती, बुटवलमा विवेकशील साझाका दर्जन कार्यकर्ता पक्राउ



आचार्य प्रदिप /बुटवल

बुटवलमा शान्तिपूर्ण विरोध गरेका विवेकशील साझाका दर्जन भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।

केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिवार बुटवल पुष्पलालपार्कमा प्रदर्शन भएको थियो ।

पक्राउय पर्नेमा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू, रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारी,सुवास लामिछाने ,निलम अधिकारी ,अनिल काफ्ले ,मीन तिवारी ,अर्जुन गिरि र विष्णु मिश्र लगायत गरी १२ जनालाई पक्राउ गरेको हो ।

ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौँ’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरङ्कुश चरित्र देखाएको रविन्द्र मिश्रले बताएका छन् ।