विवेकशील पार्टीको दिल्लीमा कार्यक्रम , १ सय ५ सदस्य समिति गठन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

विवेकशील पार्टीको दिल्लीमा कार्यक्रम , १ सय ५ सदस्य समिति गठन



विवेकशील साझा पार्टीले प्रवासी सङ्गठन बिस्तारका क्रममा आज भारतको दिल्लीमा कार्यक्रम गरेको छ ।

विवेकशीलका प्रदेश नम्बर ७ का सह संयोजक दिनेश भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम भएको अन्तर्राष्ट्रिय सङ्गठन बिस्तारका अभियान्ता रमेश यात्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती भण्डारीले हरेक मानिसले देशका बारेमा सोच्ने हो भने विवेकशील सच्चा सिपाही भएको बताए ।

कार्यक्रममा कमल बहादुर ढाँटको अध्यक्षतामा १ सय ५ सदस्य समिति समेत गठन गरिएको छ ।