सत्तारुढ दलका सचिवालय सदस्य पक्राउ
दाङ : प्रहरीमाथि हातपात गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन्।
स्वास्थय जिवविज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथि हातपात गरेको आरोपमा उनलाई सोमबार कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीमा हुलहुज्जत गरेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रसाल प्याकुरेललाई हातपात गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको दाङ प्रहरीले जानेको छ ।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध प्रशसनले तीन महिने वारेन्टसमेत जारी गरिसकेको थियो। उनलाई श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।