'भुवन रिजाल बचाऔँ' अभियानमा कोरियाबाट जुटे मालारानीका युवा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

‘भुवन रिजाल बचाऔँ’ अभियानमा कोरियाबाट जुटे मालारानीका युवा



केशव पोखरेल / दक्षिण कोरिया

अर्घाखाँची जिल्ला मालारानी  गाउँपालिका वडा न ४ नुगाली  टोल निवासी आमा बिमला रिजाल र स्व. बुवा एमलाल रिजालका छोरा भुवन रिजाल ब्रेन ट्यूमर रोगबाट बिरामी परेर सहयोग को अपिल गरेसँगै मालारानि गाउँपालिका वडा न. ३ ( साबिक खनदह ८ खोरधारा, घैयार र सिमलचौर) बाट दक्षिण कोरिया रहेका युवाहरूले भुवन रिजाल बचाउऔँ अभियान सुरु गरेका छन् ।

ती युवाहरूले यज्ञ पोखरेलको संयोजकत्वमा सहयोग अभियान चलाएका हुन । अभियानका संयोजक यज्ञ पोखरेलले भने ‘ सहयोगको लागि आग्रह गरेपछि हाम्रो सानो सहयोगले ऊनले नयाँ जीवन पाउन भन्ने उद्देश्य ले अभियान सुरु गरेका हौ । उनले सेवा नै धर्म हो भन्ने हेतुले कोरियामा रहेका नेपालीहरूलाई सहयोगको लागि आग्रह गरे ।

ब्रेन ट्युमर जस्तो गम्भीर रोगबाट थला परेपछि उपचार खर्च पनि महङ्गो अनि आर्थिक स्थिति पनि कमजोर भएका कारण सहयोग का लागि बिरामी स्वयम् र परिवार ले समेत सहयोग को अपिल गरेका थिए । बिरामी रिजाल विगत केही दिन देखि काठमान्डौं स्थित ट्रमा सेन्टरको बेड न ५२४ मा उपचार गराइरहेका छन् ।

ती युवाहरूले चलाएको अभियान यस्तो छ :

हार्दिक अपिल;
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड न ४ खन नुगालिटोला निवासी आमा बिमला रिजाल र स्वर्गिय बुवा यमलाल रिजालको छोरा भुवन रिजाल लाई ब्रैन ट्युमर (Brain Tumor) जस्तो गम्भीर रोग लागि उपचारको लागि (National trama center hospital) काठमाडौँको बेड नम्बर: ५२४ मा भर्ना भई उपचारको लागि ठुलो रकमको आवश्यकता परेको तर निजको घरको आर्थिक स्थिति निकै कमजोर भयको कारणले देश विदेश मा रहनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी समाज सेवी सङ्घ सस्थाहरुमा सहयोगको लागि उहाँको परिवाको तर्फबाट अनुरोध आयको हुँदा हामी मालारानी ३ (खोरधार, घैयार तथा सिमलचौर) जन्मघर भई रोजगारीको सिलसिलामा कोरिया मा रहेका,सामाजिक तथा परोपकिरि काममा सक्रिय युवाहरूको समूह “गाउँले ग्रुप” ( WWS)सबैमा सहयोगको लागि अपिल गर्दछौ ! हजुरहरू को सानो सहयोग ले उहाँले नयाँ जीवन पाउनु हुनेछ।सेवा नै धर्म हो भनी सहयोगको अपेक्षा गर्दछौ।
दक्षिण कोरियाबाट सहयोग सुरु गरिसका छौ त्यसैले सहयोग गर्न चाहानुहुने सहयोगी मन हरूले यज्ञ पोखरेलको कोरिया स्थित kb kookmin बैङ्कको खाता नम्बर (73280101352958) मा आफू सक्दो सहयोग रकम जम्मा गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।
For more detail;
KHANAL BINOD: 01021594588
POKHAREL HEMRAJ:01046714359
POKHAREL YAGYA: 01057524154

हालसम्म सहयोग गर्ने सहयोगीहरू;
१ विनोद खनाल २१००० बोन
२ हेमराज पोखरेल २१००० बोन
३ टिकाराम पोखरेल २१००० बोन
४ भागिरथ खनाल २१००० बोन
५ केशव पोखरेल २१००० बोन
६ भेषराज पोखरेल २१००० बोन
७ बाबुराम पोखरेल ५०००० बोन
८ टोमलाल खनाल २१००० बोन
९ कृष्ण खनाल २१००० बोन
१० दीपक खनाल २१००० बोन
११ यज्ञ पोखरेल २५००० बोन
१२ रामु पाण्डे १५००० बोन
१३ गौरव ढकाल १५००० बोन
१४ अन्जु केसी २१००० बोन
१५ पदम खनाल ११००० बोन
१६ चित्र ब.खड्का ३०००० बोन

अब पालो तपाईको। (नोट:रकम जम्मा गरिसकेपछि सिलिप सहित प्रसनल जनाकारी गराउनुहोला धन्यवाद)