बूढो भुवन केसीसँग तरुनी रीमाको यो कस्तो रोमान्स ? - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

बूढो भुवन केसीसँग तरुनी रीमाको यो कस्तो रोमान्स ?



काठमाडौँ – उमेरले केही बूढा सदाबहार नायक भुवन केसीसँग भर्खरकी तरुनी अभिनेत्री रीमा विश्वकर्मा रोमान्स गर्ने भएकी छन् । खासमा यो रोमान्स दर्शकले चलचित्रको पर्दामा देख्ने भएका हुन् ।

यो जोडीलाई चलचित्र ‘मिस्टर नेपाल’ मा देखिनेछ । भुवन मिस्टर नेपालमार्फत ठूलो पर्दामा कमब्याक गर्न लागेको हुन् ।

सोमबारबाट छयाङ्कन सुरु भइसकेको चलचित्रमा भुवन दोहोरो भूमिकामा देखिँदै छन् । ६१ लागेका लागेका भुवनले रीमासँग स्क्रिनमा रोमान्स गर्ने बताइएको छ । उनीहरूले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

छोरा अनमोल केसीलाई उनले चलचित्रमा स्थापित गराइसकेका छन् । तर, उनी आफैँ चाहिँ अभिनयबाटै टाढा थिए ।

अब आफूभन्दा आधा उमेर कान्छी अभिनेत्री भुवनलाई सुहाउलिन र रीमा त्यो त चलचित्र हेरे पछि थाहा हुने छ ।

देव भुषालले निर्देशन गर्ने चलचित्रमा भुवन र रीमा बाहेक वा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ भने डेब्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्नेछन् ।