ओलीले निस्टमा नराखेका भुसाल र आचर्यले दिए उम्मेद्वारी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीले निस्टमा नराखेका भुसाल र आचर्यले दिए उम्मेद्वारी



काठमाडौं : नेकपा एमालेको उपाध्यक्ष पदमा नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष ओलीको सर्वसम्मतिमा नअटाएका भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै अर्का आकांक्षी भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराए। आचार्य पनि ओलीको सूचीमा अटाएका थिएनन्। उम्मेदवारी दिने समय नजिकिँदै जाँदा धमाधम उम्मेदवारी दर्ता गराउन नेताहरु लागि परेका छन्।

उपाध्यक्ष पदमा नेता विष्णु पौडेलले पनि दर्ता गराएका छन्। यस्तै उपमहासचिवमा प्रदीप ज्ञवालीले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।