उपाध्यक्षमा घनश्याम पराजित, बादल निर्वाचित - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

उपाध्यक्षमा घनश्याम पराजित, बादल निर्वाचित



काठमाडौं: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षका आकांक्षी घनश्याम भुसाल पराजित भएका छन्। छ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा उनी पराजित भएका हुन्।

उनको पराजयसँगै दसौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ निर्वाचित भएका छन्। पदाधिकारी छान्ने जिम्मा पाएका केपी ओलीले घनश्याम भुसालबाहेकको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

यसअघि सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्षका दाबेदार थिए। तर ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएपछि उनी उपाध्यक्षमा सीमित भएका थिए। त्यस्तै विष्णु पौडेल पनि महासचिवका दाबेदार थिए। ओलीले शंकर पोखरेललाई महासचिवमा राखेपछि उनी बढुवा भएर उपाध्यक्ष बनेका थिए।