भुसाल मृत्यु प्रकरणमा घन्कियो नारा : 'अपराधीलाई फासी दे, कृष्ण सरलाई न्याय दे !' - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

भुसाल मृत्यु प्रकरणमा घन्कियो नारा : ‘अपराधीलाई फासी दे, कृष्ण सरलाई न्याय दे !’



कैलाली । बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सोमबार पनि कैलालीको मसुरिया बजारमा प्रदर्शन गरिएको छ ।

निजी विद्यालयको संगठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसालको शंकास्पद ढंगले मृत्यु भएको १९ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् ।

सयौंको संख्यामा सहभागी स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर नाराबाजी र प्रदर्शन गरेका थिए । उनीहरुले झुठो प्रशासन मुर्दावाद ,अपराधीलाई फासी दे, कृष्ण सरलाई न्याय दे, घुसखोरी सरकार चाहिदैन,निर्दोष मार्न पाइदैन लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

वैशाख ११ गते राति घोडाघोडी नगरपालिका- १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा भुसालको शव फेला परेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भिडियो हेर्नुहोस :