प्रहरीप्रति जनताको विस्वास फर्काउने एसपी भुपेन्द्र खत्री
काठमाडौं- मोहम्मद अफ्ताव आलमको १२ वर्ष पुरानो मुद्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्।
खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको छ ।
०७५ वैशाख १२ मा रौटहट पुग्दा उनीसँग जिल्लाको नेतृत्वको अनुभव थिएन।
तर, अनुसन्धानमा अनुभवी खत्रीलाई आलमको मुद्दालाई अघि वढाउन संगठित अपराध अनुसन्धानको अनुभवले ठूलो मद्दत गर्यो।
प्रहरीप्रति सर्वसाधारणको भरोसा कम भएकाले सुरक्षाको प्रत्याभूति दिलाउँदै साक्षीहरुलाई विश्वासमा लिनु कम चुनौतीपूर्ण थिएन। तर, त्यो चुनौतीपूर्ण काम उनले पूरा गरेका छन्।
गएको चैत अन्तिम हप्ताबाट सुरु अनुसन्धान ६ महिनापछि टुंगोमा पुग्दा ८५१ पेजको फाइल तयार भयो।
प्रमाण जुटाएर २६ असोजमा पक्राउका लागि पुगेका खत्रीलाई आलमले उल्टै हत्कडी लगाउने धम्की दिएका थिए। तर, उनले विचलित नभइ अनुसन्धान अघि वढाए।
यतिबेला आलम नक्खु कारागारमा बन्दी जीवन विताइरहेका छन्। खबर आजको हिमाल साप्ताहिमा मुकेश पोखरेललले लेखेका छन्।