जब मध्यरातमा काठमाडौंबासी चिच्याउन थाले… - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जब मध्यरातमा काठमाडौंबासी चिच्याउन थाले…



मध्यराति २ बजेर ३६ मिनेट जाँदा काठमाडौंबासीलाई तर्साउने भूकम्पको धक्का महसुस भयो ।

स्थानीयहरू मध्यरातमा भागाभाग हुने र त्रसित गराउनेगरि महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चागुनारायणमा भएको जनाइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चागुनारायण थियो । ४‍‍.७ म्याग्निच्यूडको यो भूकम्पकोले उपत्यका क्षेत्रमा कडा धक्का महसुल गरिएको थियोे ।

उपत्यकाभित्रै केन्द्रबिन्दु भएकोले पनि काठमाडौंमा कडा धक्का महसुस भएको हो।

धेरै समयपछि गएको भूकम्पको यो धक्काले काठमाडौंबासीलाई पुरानो महाभूकम्पको सम्झना गराएको थियो । जनता आत्तिएर सदकमा निस्केका थिए ।