५.९ म्याग्निच्युटको भूकम्प मापन, सीमामा केन्द्रबिन्दु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

५.९ म्याग्निच्युटको भूकम्प मापन, सीमामा केन्द्रबिन्दु



काठमाडौं : काठमाडौंसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

नेपाल-चीन सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्प नेपालसहित चीन र भारतमा पनि धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल र चीन सीमामा केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो ३:७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ।

सिन्धुपाल्चोक नजिकै रहेको सीमा क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ।