फेरी भूकम्प : धादिङ केन्द्रविन्दु

काठमाडौं-धादिङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक अनुमान गरिएको छ ।
बिहीबाार राति १० बजेर २१ मिनेटको समयमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। यसको धक्का धादिङ र गोरखासहितका जिल्लामा महसुस गरिएको छ ।
मापन केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प हो। गोरखा भूकम्पपछि गोरखा, धादिङ र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर धेरै परकम्प गएका छन्।

