बझाङमा भूकम्प गयो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बझाङमा भूकम्प गयो



बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर शनिबार भूकम्पको धक्का सहशुस गरिएको छ । शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।

बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि गत चैत २६ गते समेत सोहि ठाँउलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गतेपनि भारत र चीनको सीमा आसपास दाचुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार ३ पटक परकम्प गएको थियो ।