(अपडेट) कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

(अपडेट) कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ



काठमाडौं-काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटी नेतृत्वको प्रहरी टोलीले केहीबेर अघि पक्राउ गरेको हो ।

भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ । पक्राउ गरेलगत्तै उनलाई अहिले काठमाडौं प्रहरी परिसर ल्याइँदै गरेको प्रवक्ता बोगटीले जानकारी दिए ।

उनीहरुको ३ वर्षको छोरा समेत रहेको बताइएको छ ।

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ ।