विवादपछि राष्ट्रपति भ्रमण एकाएक रद्द - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

विवादपछि राष्ट्रपति भ्रमण एकाएक रद्द



काठमाडौं-चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको हुवाई भ्रमण विवादका कारण रद्द भएको छ । बेइजिङस्थित नेपाली दूतावासले पूर्वतालिका बिनानै दूरसञ्चार कम्पनी हुवाईको भ्रमण राखेको थियो ।

विना तयारीको भ्रमणका विषयमा उत्पन्न विवाद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच आइपुगेपछि राष्ट्रपतिको हुवाई भ्रमण स्थगित भएको हो ।
नेपालसहित अन्तर्राष्ट्रिय समूदायमा पनि हुवाई कम्पनी विवादमा रहेको कम्पनीको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि भ्रमण दलका सदस्यहरुबीच मत बाझिएको थियो ।

भ्रमण कार्यतालिका भन्दा फरक दूतावासले तयार पारेको भ्रमण तालिका अनुसार भ्रमणमा जान नमिल्ने भन्दै परराष्ट्रमन्त्री, परराष्ट्र सचिवले बताएका थिए ।

पछिल्लो समय हुवाईविरुद्ध अमेरिकाले प्राविधिक युद्ध पनि चलाउँदै आएको छ । गत डिसेम्बरमा मा हुवायकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झुलाई क्यानाडामा पक्राउ गरेको थियो । हाल उनलाई अमेरिकामा सुपुर्दगी गर्ने विषयमा क्यानाडेली अदालतमा मुद्दा चलिरहेको छ ।