ओलीद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ओलीद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो



नयाँ दिल्ली-

तीनदिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

ओलीले शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै समकक्षी मोदी छिट्टै नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरे ।

‘मोदीजीको नेपाल भ्रमण छिट्टै हुनेछ भन्ने आशा गर्दछु,’ ओलीले भने ।

त्यसअघि सम्बोधन गर्दै मोदीले नेपालले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर नयाँ प्रक्रियामा अघि बढेकोमा बधाई दिएका थिए ।