भोली रुपन्देही जिल्ला बन्द - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भोली रुपन्देही जिल्ला बन्द



बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली जुन जिल्ला गयो त्यही जिल्ला बन्द गर्ने घोषणा गरेको बिप्लवको नेपाल कम्युनिष्ट पार्टीले भोली रुपन्देही जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।

रुपन्देही सेक्रेटेरी अमर आरसिले आज साझ एक बिज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री रुपन्देही आएको बिरोधमा भोली बन्द आब्हान गरीएको बताउनु भएको छ ।आरसीद्धारा हस्ताक्षरित हस्ताक्षरित विज्ञप्तिमा “पुर्वघोषित कार्यक्रम अनुसार हाम्रो पार्टीले केपि ओलि गएको जिल्लामा बन्द गर्ने घोषण गरेकोले भोलि ४ गते केपि ओलि रुपन्देहीको लुम्बिनी आउने कार्यक्रम रहेकोले सम्पुर्ण जनताहरुलाई सो कार्यक्रम बहिष्कार गर्न अनुरोध सहित रुपन्देही जिल्ला बन्दको कार्यक्रम घोषणा गर्दछौं भनिएको छ।प्रधानमन्त्री ओली आज साझ नै लुम्विनी आईपुग्नु भएको छ ।

पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म जुन जिल्लामा पुगेपनि बन्द गर्ने घोषणा गरेको सो पार्टीले प्रतिबन्ध तत्काल फिर्ता नगरे यसभन्दा अझ कडा संघर्षका कार्यक्रम अगाडि आउने चेतावनी दिएको छ ।
बुद्धजयन्ती जस्तो महत्वपुर्ण पर्वमा बन्द आब्हान गरेको भन्दै बौद्ध धर्मावलम्बीहरुले बिप्लवको पार्टीको निन्दा गरेका छन । प्रधानमन्त्री ओली हेलीकप्टरमा लुम्विनी आउने तर सर्बसाधारण जनतालाई यस्तो महत्वपुर्ण पर्वमा लुम्विनी जान अवरोध गर्छौ भन्नु राजनीतिक बिषय नभएको बौद्धधर्मका अगुवाहरुले बताएका छन ।

बिज्ञप्तिको पुर्णपाठसहित

प्रेस बिज्ञप्ति ।
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दलाल पूँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध संघर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन र जनताकै हितका लागि पार्टीले प्रतिरोध संघर्षको बाटो पकडी रहेको छ । विडंवना कथित वामपन्थी, कम्युनिष्टको सरकार भनिने सामाजिक दलाल पूँजीवादी सरकारले ती राष्ट्रघाति, जनघाति, भ्रष्ट तत्वहरुको रक्षार्थ हाम्रो पार्टी विरुद्ध दमन गरिरहेका छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र संघर्ष विरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिराध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौं । कथित बामपंथीको सरकार भनिने केपि(पिकेद्वारा हाम्रो पार्टीमाथी लगाईएको कथित प्रतिबन्ध लाई हामिले प्रतिरोध गर्दै जनताका बिचमा आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाउदै, संगठन सुदृढ तथा बिस्तार अभियानलाई समेत तिव्रता दिईरहेका छौ ।

हाल चलिरहेको फासिष्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिदैन । हामिले शान्तिपुर्ण कार्यक्रमहरु गर्दागर्दै हाम्रा पार्टीका नेता तथा कार्यकर्तालाई गैरन्यायिक हिरासतमा राख्नेदेखी झुट्टा मुद्दामा जेल चलान गर्ने जस्तो अमानवीय कृयाकलाप फासिष्ट सरकारले गरिरहेको छ । केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेनाप्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरुको फासिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौं कि उनीहरुले जस्तोसुकै दमन गरेपनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधिनताको लागि गरिने संघर्षमा केही फरक पर्नेवाला छैन नत उनीहरुको दमन नै सफल हुने छ बरु क्रान्तिकारीहरुलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्ने छ । अन्ततः दमन र विद्रोहको इतिहासमा दलालको होइन नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । केपिको दलाल सरकारले लगाएको कथित प्रतिबन्ध फिर्ता नगरेसम्म केपि( प्रचण्ड लाई पनि हाम्रो पार्टीले प्रतिबन्ध लगाएको सबैमा बिधितै छ, पुर्वघोषित कार्यक्रम अनुसार हाम्रो पार्टीले केपि ओलि गएको जिल्लामा बन्द गर्ने घोषण गरेकोले भोलि ४ गते केपि ओलि रुपन्देहीको लुम्बिनी आउने कार्यक्रम रहेकोले सम्पुर्ण जनताहरुलाई सो कार्यक्रम बहिष्कार गर्न अनुरोध सहित रुपन्देही जिल्ला बन्दको कार्यक्रम घोषणा गर्दछौं । कथित प्रतिबन्ध तत्काल फिर्ता नगरे यसभन्दा अझ कडा संघर्षका कार्यक्रम अगाडि आउने चेतावनी सहित भोलि ४ गते रुपन्देही जिल्लाभर अत्यावश्यक साधनबाहेक यातायात सम्पुर्ण रूपमा बन्द रहने जानकारी सहित, हाम्रो बाध्यात्मक कार्यक्रमलाई सहयोग गर्नुहुन सम्पुर्ण रुपन्देहीबासी जनतामा अनुरोध गर्दछौं ।

अमर आरसी (सेक्रेटेरी)