भिवाडी नगर महिला विभागद्वारा जनवादी तीज कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

भिवाडी नगर महिला विभागद्वारा जनवादी तीज कार्यक्रम सम्पन्न



हिमाल पोस्ट /भिवाड़ी 

भारतको राजस्थान भिवाडि रिको चोक स्वागत हलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिमोत्तर क्षेत्र भिवाडी नगर महिला विभागद्वारा  जनवादी  तीज कार्यक्रम  भव्यताको साथ सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा केन्द्रीय सल्लाहकार एवंम्म ध्यपश्चिमोत्तर क्षेत्रीय उपादक्ष्य बाबुराम बस्नेत ,मध्यपश्चिमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे ,वसन्त श्रेष्ठ रक्तिम ,क्षेत्रीय सल्लाह कार राम बहादुर थापा ,क्षेत्रीय सल्लाहकार  भिवाडी नगर समिति अध्यक्ष  किशोर राई , महिला बिभाग अध्यक्ष श्रीमती देव मया बगाले ,धारुहेडा टोलसमितीबाट श्रीमती फुलकुमारी कुमाल ,प्रवासी संघ  धारुहेडा भिवाडी नगर समितिबाट भुवन बिक, पिपलधारा चौतारीबाट सचिव अमृतकुमार केसी आदिले अथिती ग्रहण गर्नुको साथै आआफ्नो मनतब्य  राखेका थिए ।

कार्यक्रम श्रीमती तिला केसीको अध्यक्षता  ,  काजिराम श्रेष्ठको सञ्चालन श्रीमती मन्जु पोख्रेलको स्वागत भषणबाट   सम्पन्न भएको थियो   ।