भीष्म उप्रेतीलाई गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

भीष्म उप्रेतीलाई गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार



काठमाडौँ-

गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार कवि भीष्म उप्रेतीलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको छ। यस्तै, गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कार भने प्रा. डा. केशव प्रसाद उपाध्यायलाई प्रदान गरिने भएको छ।

सरकारले कविता र गद्याख्यान वा नाटक क्षेत्रमा योगदान गर्ने एकएक जना स्रष्टालाई गत वर्ष देखि एक–एक लाखका दरले पुरस्कार प्रदान गर्दै आएको हो। विज्ञ समूहको सिफारिसमा उनीहरूलाई पुरस्कार दिन लागिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले प्रधानमन्त्री स्तरको निर्णयबाट उनीहरूलाई पुरस्कार दिने निर्णय ११ असारमा भएको जनाएको छ।