दोलखाको गौरीशंकरमा भीषण पहिरो ,१० घर भत्किए २ जना सम्पर्कविहीन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दोलखाको गौरीशंकरमा भीषण पहिरो ,१० घर भत्किए २ जना सम्पर्कविहीन



फाइल तस्बिर

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर भत्किएका छन् ।

पहिरोको कारण २ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी नायब निरीक्षक ( सई) बद्री नेपालीले जानकारी दिनुभयो ।

सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का बेपत्ता रहेको सई नेपालीले जानकारी दिनुभयो ।

उद्धारका लागि काठमाडौंबाट सेनाको हेलिकोप्टर जाँदै गरेको बताइएको छ ।