यी हुन् सालाको हत्या गरेर आत्मसमर्पण गरेका भिनाजु - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

यी हुन् सालाको हत्या गरेर आत्मसमर्पण गरेका भिनाजु



धनगढी : कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जोशीपुर गाउँपालिका–६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।ढुङगानाले मंगलबार जोशीपुर गाउपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।​ मृतक भण्डारी हालै भारतबाट नेपाल आएका थिए। उनले नेपाल आएपछि भिनाजुले आफ्नो दिदीलाई दुःख दिने गरेको कुरा थाहा पाए। त्यसपछि उनले भिनाजु हत्या आरोपित ढुङ्गानालाई सम्झाउन खोजे। तर, उनले उल्टै मलाई सम्झाउन को हो तिमी? भनेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

‘तपाईंले दिदीलाई दुःख दिनुहुन्छ, भन्दै विवाद भएको देखिएको छ,’ डिएसपी जोशीले भने, ‘ती दुईकाबीच यसअघि पनि मुद्दा, मामिला परेको देखिन्छ, झगडाले उग्र रुप लिएपछि भिनाजुले हसिया प्रहार गरेको खुलेको छ।