दोस्रो भिमकाली कपको उपाधि सङ्गमलाई - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

दोस्रो भिमकाली कपको उपाधि सङ्गमलाई



पोखरा-

“स्वास्थ्यको लागी खेलकुद, खेलकुदका लागी भिमकाली युथ क्लब” भन्ने नाराका साथ आयोजित दोस्रो भिमकाली सेभेन ए साइड कपको उपाधिका सङ्गम फुटबल क्लबले हात पारेको छ ।

बुधवार पोखराको पुरानो टुँडिखेलमा सम्पन्न फाईनल खेलमा तारा फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै सङ्गमले उपाधि हात पारेको हो । उपाधि सँगै शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त ग¥यो । त्यस्तै उपबिजेता टिम तारा फुटबल क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजारमा चित्त बुझायो । उक्त खेलमा निर्णायक गोल गर्न सफल सङ्गम फुटबल क्लबका टङ्क गुरुङ म्यान अफ द म्याच घोषित भए । गुरुङले नगद रु ५ हजारको साथमा आकर्षक मोबाइल सेट, ट्रफि सहित प्याराग्लाईडिङ गर्ने अवसर प्राप्त गरे ।

त्यसै गरी प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकको रूपमा सङ्गम फुटबल क्लबका गोल रक्षक राजन गुरुङ घोषित भए । उनले नगद रु ५ हजार, एक थान डिस होम तथा एक सेट आकर्षक मोबाइल सहित निःशुल्क प्याराग्लाईडिङ गर्ने अवसर प्राप्त गरे ।

तारा फुटबल क्लबका रोशन हिराचन प्रतियोगिताकै उत्कृष्ट डिफेण्डर बन्न सफल भए, त्यसै गरी डिफेण्डिङ च्याम्पियन दीप युनाईटेडका स्टेफेनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । उनीहरूले जनही ५ हजारको साथमा ट्रफि र निःशुल्क प्याराग्लाईडिङ गर्ने अवसर हात पारे ।

कुल ६७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट अन्तिम चारमा पुग्न सफल रत्न समाज सेवा कस्केरी अनुशासित टिमको रूपमा घोषित हुँदै नगद रु ५ हजार सहित ट्रफि प्राप्त ग¥यो ।

प्रतियोगिताको विजेता तथा उपबिजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) लगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा बोल्दै अध्यक्ष शेर्पाले फुटबल क्षेत्रमा अब नौलो आयाम थपिने बताए । उनले सीमित पक्षले एन्फालाई उल्टो दिशा तिर निर्देशित गरेको औल्याउदै फुटबल क्षेत्रमा विकासले गति लिन नसकेको बताए । उनले भने “अब फुटबल क्षेत्रमा परिवर्तनको उज्यालो दियो बल्छ, हामी “गो एन्फा” भन्ने अभियान सहित अगाडी बढ्न सुरु गरिसकेका छौ ।” उनले पोखराकामा ६÷७ वटा फुटबल ट्रेनिङ सेन्टरको स्थापना गर्न पहल गरेको बताउँदै पोखराका विद्यार्थीहरू फुटबल खेल्नबाट वञ्चित हुन नपर्ने समेत उनको भनाई थियो ।

समापन कार्यक्रममा एन्फाका नबनिर्बाचित केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए, भने भिमकाली क्लबका अध्यक्ष कृष्ण गुरुङको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चालन भाईराज राना मगरले गरेका थिए ।