इजलासमा भिमार्जुन आचार्यको फरक तर्क: पद रिक्त नभइ प्रक्रिया कसरी अगाडि बढ्यो? - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

इजलासमा भिमार्जुन आचार्यको फरक तर्क: पद रिक्त नभइ प्रक्रिया कसरी अगाडि बढ्यो?



काठमाडौं– संसद विघटनविरुद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले बहस भैरहेको छ । निवेदक तर्फका अधिवक्ताले आज बहस सकाउने सम्भावना छ ।

बहसमा संविधानविद डा. भिमार्जुन आचार्यले फरक तर्क गरेका छन् । उनले प्रधानमन्त्रीको पद रिक्त नभइ नयाँ प्रधानमन्त्री बन्ने प्रक्रिया कसरी अगाडि बढ्यो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै आचार्यले ७६(५) को प्रधानमन्त्री नियुक्तिका लागि ३ अनुसारको प्रधानमन्त्रीको पद रिक्त हुनै पर्ने बताए। ‘प्रधानमन्त्रीको पद रिक्त हुने अवस्था के-के छन् भन्ने कुरा संविधानमा प्रष्ट उल्लेख छन्। विश्वासको मत लिनुपर्ने कुरा पनि ‘मेन्डेटरी’ हो।’

‘तर, प्रधानमन्त्रीको पद रिक्त नभएका यी अवस्थामा नयाँ प्रधानमन्त्री बन्न प्रक्रिया कसरी अगाडि बढ्यो ? एउटै व्यक्ति एउटै कार्यकालमा संविधानका सबै धारा/उपधारा प्रयोग गरेर प्रधानमन्त्री बन्ने भन्ने कुरा कहाँ लेखेको छ?’, आचार्यले भने।