विप्लव समूह र प्रहरीबीच भिडन्त ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लव समूह र प्रहरीबीच भिडन्त !



अछाम : अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ।

रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो।

विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ। बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले त्यहाँँबाट चारजना पक्राउ गरेको छ।

‘पहिला उनीहरुले गोली चलाए’, डिएसपी जनक शाहीले भने,  ‘त्यसपछि जवाफी कारबाहीका लागि प्रहरी गोली चलाउन बाध्य भएको हो।’ डिएसपी शाहीले चार पक्राउ परेको पुष्टि गरे। थप विवरण भने आउन बाँकी छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन्।

प्रहरीको घेराबन्दीबाट भाग्ने क्रममा नेकपा अछामका इन्चार्ज शेरबहादुर बिकको खुट्टामा चोट लागेको र आफूहरु गोली चलाउन बाध्य भएको नेकपाको दाबी छ।