भारतीय र नेपाल प्रहरीबीच भिडन्त, तीन प्रहरी घाइते - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारतीय र नेपाल प्रहरीबीच भिडन्त, तीन प्रहरी घाइते



काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दोहोरो फायरिङका क्रममा तीन जना नेपाल प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

हतियारसहित नेपाल प्रवेश गर्न लागेका भारतीय हतियारधारी समूहलाई प्रहरीले रोक्न खोजेपछि उनीहरुले नेपाल प्रहरीमाथि गोली प्रहार गरेको थियो । त्यसको जवाफी फायरिङका क्रममा घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

भारतीय समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने उनको साथबाट एक थान अटोमेटिक पेस्तोलसमेत बरामद गरिएको डीआईजी अधिकारीले जानकारी दिए । फाइल तस्बिर