प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउने तयारीमा भवन भट्ट



काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापान भ्रमण गराउने तयारीमा जुटेका छन् । जापानमा राम्रो प्रगती गरेका भट्ट जापान सरकारको नजिक मानिन्छन ।

उनि निकट श्रोतका अनुसार नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा उनी बढि चिन्तित छन् । त्यसैले अहिले उनको प्रयास प्रधानमन्त्री ओलीलाई जापान भ्रमण गराउनेतिर केन्द्रित छ । त्यसको लागि उनी गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको हो । उक्त भ्रमणमा पनि उनी सहभागी थिए ।

ओली दोस्रो विदेश भ्रमणको रुपमा  मित्रराष्ट्र चीन जाँदैछन् । त्यसपछि तेस्रो भ्रमण चाहीँ जापान गराउने भट्टको चाहना छ । प्रधानमन्त्रीलाई जापानमा कम्तिमा पनि ५ दिन घुमाउने उनको चाहना छ । भ्रमण ताका नेपाल–जापान द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने, आगामी दिनमा उच्चस्तरीय भ्रमणहरु आदान–प्रदान गराउने, जापानबाट नेपालमा लगानी भित्र्याउन सकिन्छ भन्ने भट्टको विश्वास छ ।