भवन भट्ट भन्छन - बालुवाटारको जग्गाको क्षतिपूर्ति सरकारले दिनुपर्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भवन भट्ट भन्छन – बालुवाटारको जग्गाको क्षतिपूर्ति सरकारले दिनुपर्छ



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारमा जग्गा किन्ने र भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनिएको र भवन बनाइएको एनआरएनएको स्पष्टोक्ति छ ।

सरकारले अधिग्रहण गरेको ललिता निवासको जग्गा भूमाफियाले व्यक्तिको नाममा पारेको विवाद आएपछि एनआरएनले यस्तो धारणा सार्वजनिक गरेको हो । एनआरएनले ०७१ फागुन १५ गते भवन शिलन्यास गरेर ०७२ जेठ १४ गते ललिता निवास क्याम्पा भित्रको जग्गा खरिद गरेको थियो ।

सिड्नीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष भवन भट्टले भने, ‘यदि सरकारले यो गलत ढंगबाट गयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ । बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माणको अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई तपाईं कसरी हेर्नुहुन्छ ?’

कि त जग्गा बेच्ने व्यक्तिबाट क्षतिपूर्ति दिलाउनुपर्ने कि सरकार आफैंले क्षतिपूर्ति दिनुपर्ने भट्टको भनाइ छ । ‘क्याबिनेटबाट डिसिजन गराएरै लिएको चिज हो, फेरि आवश्यक पर्‍यो भने क्याबिनेटसम्म जान्छौं,’ उनले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो नि त । कि सरकारले उसलाई कारबाही गरेर उसबाट हामीलाई क्षतिपूर्ति दिनुपर्‍यो । होइन, यो सरकारले लिन्छ, हामी नै यसको क्षतिपूर्ति तपाईंहरुलाई दिन्छौं भनेर दिनुपर्‍यो । एउटा डिसिजन त सरकारले लिनुपर्ने हुन्छ ।’