भौतिक विकासको माग गर्दै विद्यालयले बुझायो मन्त्री बोहरालाई ज्ञापनपत्र - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भौतिक विकासको माग गर्दै विद्यालयले बुझायो मन्त्री बोहरालाई ज्ञापनपत्र



गोविन्द बीसी / कैैैलाली । 
बिद्यालयको भौतिक पूर्वाधार बिकासको माग राख्दै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री पठानसिंह बोहरालाई लाई ज्ञापनपत्र बुझाएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा रहेको जगदम्बिके भगवती माविले भौतिक पूर्वाधार बिकासको माग राख्दै मन्त्री बोहरालाई ज्ञापनपत्र बुझाएको हो ।

शनिबार निर्माणाधिन अवस्थामा रहेकोे सेतीलोकमार्ग अनुगमन तथा निरीक्षणका क्रममा त्यहाँ पुग्नुभएका भौतिक पूर्वाधार बिकास मन्त्री पठानसिंह बोहरालाई बिद्यालयका प्र.अ. नेत्र बहादुर खड्काले ज्ञापनपत्र बुझाएको जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मन्त्री बोहराले विद्यालयको मागप्रति आफू सकारात्मक रहेकोे र पहल गरिने आश्वासन दिएको खड्काले बताए ।

२०३८ सालमा स्थापना भएको विद्यालयको खेलमैदान र सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि पर्याप्त जग्गा नभएकाले योजना तथा कार्यक्रम मार्फत पहल गरिदिन मन्त्रीलाई आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नभएको, पर्याप्त आन्तरिक स्रोत आभावका कारण पूर्वाधार बिकास गर्न नसकिएको र शैक्षिक गुणस्तर अपेक्षा अनुसार हासिल गर्न समस्या भएको भन्दै योजना तथा कार्यक्रम माग गरिएको हो ।

ज्ञापनपत्रमा पुस्तकालय निर्माण, इन्टरनेट प्रविधि जडान तथा कम्प्युटर प्रयोगशाला निर्माणका लागि समेत योजना माग गरिएको छ ।

जिल्लामै सबैभन्दा बढी दलित र जनजाति विद्यार्थी संख्या भएकोे विद्यालयमा चालू शैक्षिकसत्र २०७५ मा ८ सय ५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयको तथ्यांक अनुसार २०६७ मा १ हजार २ सय ३० विद्यार्थी रहेकोमा उक्त संख्या बढेर २०७१ मा १ हजार ४ सय २९ पुगेको थियो ।

अहिले संस्थागत विद्यालय नजिकै भएका कारण प्रावि र आधारभूत तहमा संख्या घट्दै गएको विद्यालय प्रशासनको भनाइ रहेको छ ।

विद्यालयले आगामी वर्षदेखि मावि तहको कक्षा ११ र १२ संचालनका लागि गत असोजमा धार्मिक महायज्ञ संचालन गरि आयस्रोत वृद्धि गर्ने लक्ष्य लिएको र सफलता प्राप्त भएको समेत स्रोतले जनाएको छ ।

वर्तमान शिक्षा नीति र संरचना अनुसार विद्यालयको बिकास गरि मावि तहको कक्षा ११ र १२ सम्बन्धन ल्याउन पहल भइरहेको स्रोतले बताएको छ ।