डा. भट्टराईले भने: यो सरकारको गम्भीर गल्ति हो - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

डा. भट्टराईले भने: यो सरकारको गम्भीर गल्ति हो



काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई विदेश भ्रमणमा रोक लगाएर केन्द्रीय सरकारले गम्भीर गल्ती गरेको आरोप नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लगाएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘प्रदेश २ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ। कारण जेसुकै भए–दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका–दूरी बढाउनेछ ।’

मुख्यमन्त्री राउत अमेरिका जाने तयारीमा रहेका बेलामा केपी शर्मा ओली नेतृत्वको सरकारले उनको भ्रमण रोकेको थियो ।

डा भट्टराईले यस्तो निर्णयले गलत नजीर बसाल्ने भएकाले यो निर्णय तुरुन्त सच्याउन पनि आग्रह गरेका छन् ।

यस्तो छ उनको ट्वीट – ‘प्रदेश२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ। कारण जेसुकै भए–दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका–दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ ! संघीय सरकारले तुरून्त निर्णय सच्याओस् !’