एमाले केन्द्रीय कमिटीबाट विशाल भट्टराई 'आउट' - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमाले केन्द्रीय कमिटीबाट विशाल भट्टराई ‘आउट’



काठमाडौं – एमालेको १० औं महाधिवेशनबाट चयन हुने ३०१ जना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन्।

अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन्। उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन्।

कार्यालय सचिवका हैसियतमा केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन्।

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन्।