दिल्लीमा भट्टराईले भने: फेरी देशमा क्रान्ति आवस्यक छ ! - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

दिल्लीमा भट्टराईले भने: फेरी देशमा क्रान्ति आवस्यक छ !



नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता रहेको दोहोर्याएका छन् ।संविधानसभाबाट संविधान बनाएर गणतन्त्र ल्याए पनि नेपालमा आर्थिक क्रान्तिको आवश्यकता रहेको भट्टराईले दोहोर्याएका हुन्  ।

भारतको राजधानी दिल्लीमा नयाँ शक्ति नेपालको जनवर्गीय सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली, हरियाणा र पञ्जाब समितिले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहुसङ्ख्यक जनता आफ्न्बो अधिकारबाट वञ्चित भएपछि हतियार उठाएर राजतन्त्र फालेर नेपाली जनता आफैले आफ्नो संविधान लेखेको उनले बताए ।

संविधानले हामी सबैलाई बराबर बनाएको भन्दै उनले देशमा अब आर्थिक क्रान्तिको आवश्यकता रहेकोमा जोडदिएका हुन् । आफूलाई कयौँले प्रधानमन्त्री भइसकेको व्यक्ति सडक आन्दोलन गरेर हिँड्दा बौलाहा पागल भन्ने गरेको बताउँदै उनले आर्थिक क्रान्तिका लागि आफू अभियानमा रहेको बताए ।

त्यसै गरी उनले नयाँ शक्ति पार्टी माओवादी पार्टीको अर्को टुक्रा नभएको स्पष्ट पार्दै उनले ज्ञान विज्ञानले सु-सज्जीत भएर नेपालीहरू अन्य ठुला मुलुक पुगेको स्थानमा पुग्नुपर्छ भन्ने योजनाका साथ अघि बढेको पार्टी नयाँ शक्ति पार्टी भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले नयाँ शक्ति पार्टी एक अभियान भएको भन्दै देशलाई समृद्ध, धनी र सम्पन्न बनाउन नयाँ शक्ति पार्टीसँग जोडिएका कार्यकर्तालाई कडा मिहेनत गर्न आव्हान समेत गरे ।

रमेश शर्मा लम्सालले अध्यक्षता गरेको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नयाँ शक्ति पार्टीकी विदेश विभाग प्रमुख हिसिला यमी, मोहन राउत, प्रकाश नेपाली, बिरेन्द्र ठकुरी, प्रेम घतानी लगायत अतिथिका रूपमा उपस्थित थिए ।