के डा. बाबुराम भट्टराई तनाबमा छन् ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

के डा. बाबुराम भट्टराई तनाबमा छन् ?



काठमाडौं- डा. बाबुराम भट्टराई पछिल्लो समय निकै बिबादित बन्दै गैरहेका छन् । टीकापुरमा गरेको भाषण पछिल्लो समयका केहि ट्वीट र उनका पछिल्ला अभिव्यक्तिले के उनि पुरानै बाबुराम हुन् त भन्ने प्रश्न उब्जिन्छ ।

विश्व र नेपालको विकास तथा समृद्धिको बाटोबारे नोबेल विजेता जोसेफ़ स्टिग्लिट्जसँगको विचारमन्थन र प्रगतिशील पुँजीवाद कि समुन्नत समाजवादको नयाँ विकल्पबारे वहस शुरू गरेको छु! सक्रिय सहभागिताका लागि सबैलाई हार्दिक निमन्त्रणा छ है! उनको पछिल्लो बिबादको जड बनेको यो ट्वीट बाबुरामले आफ्नो लेखको लिंक सहित गरेका थिए ।

जब बाबुरामले यो लेखे तब उनका एक फलोवरले लेखे – आर्जन अधिकारी: १७०००

बाबुरामले प्रतिक्रिया जनाउंदै उनको कमेन्ट रिट्वीट गर्दै लेखे : १७००० प्लस एक हुनुपर्ने रहेछ है?

उनको यो प्रतिक्रियाले धेरै अर्थ दिन सक्छ तर सिधा बुझ्नेहरूको लागि भने एक जना तिमी बाँकी रहेछौ भन्ने हुन्छ ।

सामाजिक सञ्जालमै यस्ती तल्लो स्तरको प्रतिक्रिया उनले आफै लेखेका हुन् या उनका सहयोगीले त्यो प्रस्ट भएको छैन तर उनको ह्यान्डलबाट यस्तो हर्कतको भने जनताले पटक्कै अपेक्षा गरेका छैनन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई टिकापुर पुगेर उत्तेजित भाषण गरेपछि उनलाई कमेन्टमा गालीको वर्षा हुन थालेको छ ।

तर माओवादी जनयुद्धमा मारिएका १७ हजार नेपालीलाई संकेत गर्दै आर्जनले कमेन्ट गरे। भट्टराईले यसलाई गम्भीरतापूर्वक लिए अनि रिट्विट गरे। रिट्विट गर्दा माथि लेखे – १७००० प्लस एक हुनुपर्ने रहेछ है?

यसपछि भने भट्टराईका फलोअरहरु आक्रामक बने। १७ हजारमा थप एक जना भनेर कसलाई थप्न खोजेको भन्दै उल्टै बाबुराम र उनका परिवारमाथि जाइलागे।

बुवाको मुख हेर्ने दिनको भोलिपल्ट आइतबार पनि बाबुराम भट्टराईले शुक्रबार छोरी मानुषीसँग खिचेको पुरानो तस्विर ट्विटरमा हालेपछि उनी पुन एकपटक चर्चामा आएका थिए। एक फलोअरले कमेन्टमा ‘मेरो बाबा खै’ भन्दै लेखेपछि बाबुरामविरुद्ध कमेन्टको वर्षा भएको थियो।

उनि निकट नेताका अनुसार डा. भट्टराईको स्वभावभन्दा भिन्दै प्रकारका यस्ता घटना किन भैरहेका छन् यो आश्चर्यको बिषय भएको बताएका छन् । एक नेताले भने ‘खै डा. भट्टराईलाई आजकाल के भैरहेको छ’ ।