भत्ता प्रकरणमा अध्यक्षको ध्यानाकर्षण, भ्रामक समाचार सम्प्रेषण नगर्न अपिल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भत्ता प्रकरणमा अध्यक्षको ध्यानाकर्षण, भ्रामक समाचार सम्प्रेषण नगर्न अपिल



कञ्चनपुर— कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ बण्डकी ७४ वर्षिया किथ्थी लुहारलाई वडा अध्यक्षले समाजिक सुरक्षा भत्ताबाट बञ्चित गरेको भन्ने भ्रामक समाचारप्रति वडा अध्यक्ष मोहन बस्नेतले ध्यानाकर्षण भएको जनाएका छन् ।

समग्र वडा कार्यालय तथा स्थानीय सरकारप्रति जनविश्वास घटाउने मनासायले तथा पूर्वाग्रही ढंगले सम्प्रेषित समाचारप्रति गम्भिर ध्यानाकर्ष भएको वडा अध्यक्ष बस्नेतद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारको स्थानीय तह निर्धारणताका वडा समायोजन गर्दा केन्द्रीय पञ्जीकरणं विभागमा उक्त वडाका केही व्यक्तीहरुको नामावली छुट्न गई सामाजिक सुरक्षा भत्ता नपाउने समस्या भएको र वडा कार्यालयले उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको विज्ञप्तीमा जनाइएको छ ।

राष्ट्रको चौथो अंग मानिने सञ्चार माध्यममार्फत पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण हुँदा सामाजिक सुव्यवस्थामा नै आँच आउने भएकोले यस्ता गलत क्रियाकलाप नगर्न समेत विज्ञप्तीमार्फत अपिल गरिएको छ ।

उनीहरुले २०६५ सालबाट समाजिक सुरक्षा भत्ता बुझ्दै आएकोमा यस वर्ष मुलुक संघीय प्रणालीमा गएसँग नयाँ ढाँचा अनुसार पञ्जीकरण गनुपर्ने भएकोले प्राविधिक त्रुटीका कारण केन्द्रबाट उनीहरुको नाम छुटेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए । उनले भने, “हामीले यस विषयमा २०७४ फागुन ११ गते नै पत्रमार्फत जानकारी गराइएको र यसका लाििग आवश्यक प्रक्रिया अघि बढाइ सकेका छौं ।”

वडा अध्यक्ष बस्नेतले अनावश्यक आरोप लगाएको बताउँदै उनले भने, “आफू सम्पूर्ण वडाबासीको अध्यक्ष भएकोले त्यसका लागि सम्पूर्ण जनताका लागि समान व्यवहार गरेको छु र नेपालको संविधान र कानुन बमोजिम काम गरेको छु र गरीरहने छु ।”