वडा सचिवको लापरबाहीले सामाजिक सुरक्षा भत्ता गोलमाल - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

वडा सचिवको लापरबाहीले सामाजिक सुरक्षा भत्ता गोलमाल



रास्कोट नगरपालीकामा सामाजिक सुरक्षा भत्तामा लापरवाही देखिएको छ। वडा नम्बर ३ को वडा कार्यालयले एक जेष्ठ नागरिकको दुई किस्ता रकम गायब गरेको पाइएको छ। वडा नम्बर ३ निवासी जेष्ठनागरिक ९३ वर्षिय पदमनाथ योगीको वडा कार्यालयले दुई किस्ता रकम खातामा नहालेर गायब गरेको पाइएको हो।

आर्थिक वर्ष २०७८/७९ मा पहिलो र दोस्रो किस्ताको रकम नआएको तर, तेस्रो र चौथो किस्ता मात्र खातामा आएको वैंक स्टेटमेन्टमा देखिन्छ। यो भन्दा पहिला निरन्तर आफूले भत्ता पाउदै आएको अहिले आएर वडा कार्यालयले रकम गायब गरेको पीडित योगीले गुनासो गरेका छन्। दुई किस्ता वापतको रकम २४ हजार वडा सचिवको लापरवाहीको कारण पाउन नसको पीडित योगीको भनाई छ।

‘कर्मचारीको चरम लापरवाहीले गर्दा म मात्र हैन म जस्ता वृद्धवृद्धा र बालबालिकाको सामाजिक सुरक्षा भत्ता पाउन समस्या रहेको छ’उनले भने। पीडित योगीले बैंकमा पैसा निकाल्न जादा रकम नभेटिएपछी उनले नगरपालीकाको न्यायीक समितिमा उजुरी समेत दिएका छन्। एकै नामका दुई जना भएकाले रकम अर्को खातामा गएको सोही वडाका वडा सचिव लालबहादुर शाहीले बताएका छन्।

वडा सचिव शाहीले दुई किस्ताको रकम छुटेको हैन एक किस्ताको रकम मात्र खातामा हाल्न सकिने बताएका छन्। शाहीले वडा कार्यालयको कमजोरी भएको स्वीकार्यका छन्। छुटेको रकम हामीले नगरपालीकाबाट हाल्न सक्दैनौ, अर्को नाममा गएको रकम असुली गराएर रकम भुक्तानी गरिदिने बताए।

उता रास्कोट नगरपालीकाले वडा कार्यालयको लापरवाहीले गर्दा रकम खातामा जान नसकेको बताएको छ। वडा कार्यालयको विवरण अनुसार लाभग्राहीको खातामा निरन्तर रकम हाल्ने गरेको पञ्जीकरण शाखा प्रमुख हुकुम शाहीले बताएका छन्। उनका अनुसार यो कमजोरी सम्बन्धित वडा कार्यालयको नै हो। छुटेको दुई किस्ताको रकम फेरी खातामा हाल्न नसकिने शाहीको भनाई छ।सामाजिक सुरक्षा भत्ता पाउनमा यहाँका स्थानीय नागरिकहरु हैरानी खेपिरहनु परेको छ। कतै मृत्यु भइसकेकाको रकम आइरहने तर, सेवाग्राहीले नपाउने देखिँदै आएको छ।