भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’



डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ ।

सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजार दरका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीय समस्यामा परेका छन् ।

कामका लागि भारतका विभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानीयले घर फर्किदा ल्याएका नोटहरु अहिले साटिन छाडेपछि उनीहरु निकै समस्यामा परको डोटीका स्थानीय चेतनराज भट्टले बताउँनुभयो ।

स्थानीय व्यापारी तुलसी शाहीले गुनासो गर्दै भन्नुभयो, ‘अधिकांश ग्राहक भारतीय रुपियाँ लिएर सामान किन्न आउँछन् नचल्ने भएपछि भारुमा सामान दिएका छैँनौ त्यसैले व्यापार चौपट हुने नै भयो ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।