भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्ष निलम्वित - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्ष निलम्वित



सुर्खेत ।  सेवाग्राहीलाई स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने औषधि बिक्री गरेर भ्रष्टाचार गरेको आरोपमा भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष निलम्वनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भेरीगंगा नगरपालिका–१२ को छिन्चु स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष हरिप्रसाद कँडेल र स्वास्थ्य चौकीका इन्चार्ज नेत्रप्रसाद देवकोटा निलम्बनमा परेका हुन ।

सरकारले निःशुल्क उपलब्ध गराएका औषधि सेवाग्राहीलाई नदिएर नक्कली विलका आधारमा ५० हजार पाँच सय ८० रुपियाँ भ्रष्ट्राचार गरेको ठहरसहित अख्तियारले जेठ १० गते विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।नागरिक न्युजको सहयोगमा