भरतपुरमा रेणु दाहालले हैन पैसाले जितेको हो :भट्टराई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भरतपुरमा रेणु दाहालले हैन पैसाले जितेको हो :भट्टराई



नयाँ दिल्ली /साउन २२

नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा रेणु दाहालले हैन पैसाले जितेको  बताएका छन् । एमाले निकट विद्यार्थीहरूको संगठन अभानेस्ववियु, चार्ट्ड एकाउन्टेण्ट्स, लक्ष्मीनगर भारतले आयोजना गरेको अन्तर्क्रियामा सम्बोधन गर्न भारतको नयाँ दिल्ली पुगेका सचिव भट्टराईले आजको दुनियाँमा पैसा र राज्यशक्तिले चुनाव जित्न असम्भव प्रायः छ तर भरतपुरमा त्यो लागु नभएको बताएका छन्  ।

भट्टराईले  चार्टड एकान्टेन पढेका दक्ष जनशक्ति नेपालमा काम पाइँदैन कि भनेर मन खुम्च्याएर विदेश जानुपर्ने अवस्था नरहेको भन्दै “सीए पढेको विद्यार्थीहरू अब काम खोज्न, बेलायत, अमेरिका जानुपर्दैन, काठमाडौँले उहाँहरूलाई खोजिरहेको छ । नेपालमै उहाँहरूले काम पाउनुहुन्छ ।”

उनले चिन भारतसँग नेपालले समदूरीको सम्बन्ध राख्न खोजेको स्पष्ट पार्दै छिमेकी देशका विरुद्ध नेपालको भूमिलाई प्रयोग हुन एमालेले नदिने बताए । उनले भुटान र दाजिर्नलिङको मामिलामा नेपालले कुनै चासो नराखेको बताउँदै नेपालका विषयमा छिमेकीको चासो अमान्य हुने बताएका हुन् । एक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै कारण नेपाल–भारतीबीच सम्बन्धमा चिसोपना आएका बताउँदै एमालेले भारतसँग दूरी बढाउन नखोजेको प्रष्ट पारे । “हामी भारतसँग निहुँ खोज्ने र दूरी बढाउने पक्षमा छैनौँ,” उनले थपे ।

उनले एमाले बन्द हड्तान, चक्का जामको विरुद्धमा रहेको बताउँदै अबको बाटो आर्थिक क्रान्तिकै भएकाले सोही अनुरुप एमाले बढीरहेको दाबी गरे । त्यस्तै फरक प्रसंगमा उनले कार्तिक, मंसिरसम्ममा मुलुकमा तीन तहको निर्वाचन भइसक्ने र बहुमतसहित एमालेले सरकारको नेतृत्व गर्नेसमेत जिकिर गरे ।