भरतपुरमा रेनुलाई ३ हजार बढी मत - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भरतपुरमा रेनुलाई ३ हजार बढी मत



भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७८६७ गणना हुँदा उनले १४३७७ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ११४३१ मत पाएका छन् । रेनु दाहाल र विजय सुवेदीबीच अहिले २९४६ मतान्तर देखिएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५९९७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६७४१ मतसहित अग्रता लिँदा राप्रपाकी हिमला गुरुङले ९२६९ मतका साथ पछ्याइरहेकी छन् ।