भरतपुर महानगरमा मतगणना सुचारु गर्न दवाबको लागि सन्धिखर्कमा एमालेको बिरोध प्रदर्शन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भरतपुर महानगरमा मतगणना सुचारु गर्न दवाबको लागि सन्धिखर्कमा एमालेको बिरोध प्रदर्शन



कमल बिष्ट \सन्धिखर्क  १८ जेष्ठ 

 

नेकपा एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको आयोजनामा आज सन्धिखर्कमा बिशाल बिरोध प्रदर्शन सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा अबरुद्ध मतगणना तत्काल सुचारु गर्दै दोसि माथी कडा कार्वाहीको माग गर्दै शान्ती बगैँचा चोक बाट निकालिएको बिरोध प्रदर्शन सन्धिखर्क- चुत्राबेशी बजार – जिल्ला प्रशासन कार्यालय हुँदै शान्ती बगैचामा पुगि कोड सभामा परिणत भएको थियो ।

कोणसभामा सम्बोध गर्दै प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाले भरतपुरमा सत्ता गठबन्धनले तालमेल गरेर पनि आफ्नो उमेदवारले हार्ने देखेपछि षडयन्त्रमुलक ढङ्गले मतपत्र च्यत्न लगाइ लोकतन्त्रको खिल्ली उडाएको बताउनु भयो ।

त्यस्तै एमाले जिल्ला अध्यक्ष चेतनारायण आचर्यले अझै ४ वटा प्रदेशमा निर्वाचन गर्न बाकी छदै घटेका एस्ता घटनाले दोस्रो चरणको निर्वाचन निस्पक्ष ढङ्गले हुनेमा आशन्का गर्दै आफ्ना कार्यकर्ता र पत्रकार कुटिदा समेत स्थानीय प्रशासन मुकदर्शक बनेको आरोप लगाउनु भयो ।

कार्यक्रममा एमाले नेता साम्सद डा. दुमनसिह थापा , नेकपा एमाले प्रदेश कमिटी सदस्य रामजी घिमिरे, एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाका मेयर पदका उमेदवार कृष्णप्रसाद श्रेष्ठले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम सन्धिखर्क विशेष नगर समन्वय कमिटिका संयोजक युवराज श्रेष्ठको अध्यक्षता , सचिवालय सदस्य सम्भु पोख्रेलको स्वागत मन्तव्य र सचिब श्रीकृष्ण भुसालको संचालनमा सम्पन्न भएको थियो ।