अस्पतालले भन्यो : भरतमोहन अधिकारीलाई बचाउन गाह्रो छ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अस्पतालले भन्यो : भरतमोहन अधिकारीलाई बचाउन गाह्रो छ



काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।

ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो।

फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।चिकित्सक विज्ञानअनुसार सम्पुर्ण उपाय अपनाउँदा समेत अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खच्किँदो अवस्थामा रहेको र आज थप जटिल भएको चिकित्सकले बताए।

उनलाई कृतिम स्वाप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको छ। रक्तचाप बढाउने औषधिको प्रयोग गर्नु परेको र सम्पुर्ण प्रयासका बाबजुत पनि बचाउन सकिने संभावना कम रहेको चिकित्सकले जानकारी दिएका छन्।

अस्पतालका अनुसार उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेका छन्।

२४ घण्टादेखि पिसाव नगएको, बचाउन सकिने संभावना न्यून रहेको र उनलाई सजिलो बनाउने उपचार गरिरहेहको अस्पतालले जनाएको छ।

अरु कुनै समस्या देखिएमा तत्कालै जानकारी गराउने पनि अस्पतालले जानकारी दिएको छ।