पूर्वउपप्रधानमंत्री भरतमोहन अधिकारी सिकिस्त - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पूर्वउपप्रधानमंत्री भरतमोहन अधिकारी सिकिस्त



मुटु र फोक्सोको समस्याबाट पीडित भएपछि डेढ महिनाअघि अस्पताल भर्ना गरिएका पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीको अवस्था गम्भीर भएको छ ।

अधिकारीको राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । चेत अवस्थामा उनलाई भेण्टीलेटरमा राखिएको छ । उनको अवस्था अत्यन्तै गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ । ‘अत्यन्तै गम्भीर अवस्था छ’, स्रोतले भन्यो, ‘उहाँको स्वास्थ्यमा सुधार हुने संकेत देखिएको छैन ।’