पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन



काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार साँझ उहाँको निधन भएको हो ।

ह्याम्स अस्पतालका एक डाक्टरका अनुसार “क्लिनिकल्ली डेथ भैसकेको हो तर सबै आफन्त जम्मा भएपछी मात्र जानकारी गराउने तयारी छ ।”

अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा सारिएको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उहाँले तीन दिनदेखि परिवारका सदस्यले बोलाउँदा प्रतिक्रिया जनाउन सक्नुभएको थिएन ।

अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । अस्पतालको धारणापछि अधिकारीको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता सहभागी हुनुहुन्थ्यो ।

छलफलअघि मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट र पूर्वउपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य बामबेद गौतम ह्याम्स अस्पताल पुग्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिनु भएकाे हाे । अधिकारी १६ वर्षदेखि नै राजनीतिमा संलग्न भई क्रियाशील हुँदै आउनु भएको थियो ।
उहाँ लामोसमय पार्टीमा पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । भरतमोहन, दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बन्नुभयो । अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री अधिकारीको पत्नी र दुई छोरी हुनुहुन्छ ।