आन्तरिक मामलामा भारतले हस्ताक्षेप गरेको छ :नविना लामा - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

आन्तरिक मामलामा भारतले हस्ताक्षेप गरेको छ :नविना लामा



अर्जुन खनाल /नयाँ दिल्ली पुस १२ 

नेपाल र भारतका विभिन्न राजनीतिक दलका  युवा नेताहरु बीच सोमाबार  दिल्लीमा छलफल भएको छ ।  भारतको राजधानी दिल्ली स्थित नेपाली दुतावासको हलमा   भएको उक्त  छलफल कार्यक्रममा दुई देशका विभिन्न राजनितिक दल सम्वन्धी विद्यार्थी संगठनका नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले दुई देशको सम्बध बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।

एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष नविना लामाले संबिधान बने पश्चात भारतले अर्कै नजरले हेरेको भन्दै हाम्रो आन्तरिक मामलामा भारतले हस्ताक्षेप गरेको आरोप लगाउदै  हाम्रो देशलाई हेर्ने नजर परिवर्तन गर्न खास गरि मोदी सरकारलाई भनेकी छन् ।

एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले नेपाल भारत बीच साँस्कृतिक बिबिधता देखि लिएर अन्य समानता भएको भन्दै दुई देश बिचका युथ लिडरको सम्बन्ध  सुद्रिढ गर्नु पने बताए ।

नयाँ शक्ति नेपाल पार्टीका युवा नेतृ मानुषी भट्टराईले   नेपाली विद्यार्थी तथा अन्य कामदारले भारतमा निकै समस्या भोग्नु परेको भन्दै त्यसलाई समाधान गर्न भारतिय विद्यार्थी नेताहरुलाई आग्रह गरिन् ।

भारतको विपक्षी दल इन्डियन काँग्रेसका युवा नेता नदीम जावेदले नेपालमा कुनै समस्या आइपर्दा सहयोगका लागि सवैभन्दा पहिला भारत नै अगाडी सर्ने बताउदै ऐले नेपाल भारत छाडी चिन तिर लागेको आरोप लगाएका थिए  ।