भारतिय नक्कली नोटसहित एकजना पक्राउ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतिय नक्कली नोटसहित एकजना पक्राउ



कञ्चनपुर । महेन्द्रनगरको बसपार्कस्थित एक होटलबाट प्रहरीले शनिवार भारतीय नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ। भारु ८३ हजार रुपैयाँसहित बझाङ कैलास गाउँपालिका–५ लेकडाँडाका १८ वर्षीय दिपक शाहीलाई पक्राउ परेका हुन्।

पक्राउ परेका शाहीको साथबाट दुई हजारका ४१ थान, पाँच सयको एक थान, दुई सयको एक थान सयका चार थान नोट गरी ८३ हजार १०० भारतीय नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

शंका लागि चेकजाँच गर्दा नक्कली नोट बरामद भएको प्रहरीले बताएको छ। शाहीलाई हिरासतमा राखी अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सेटीले बताए।