भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपति मन्दिरको दर्शन गर्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपति मन्दिरको दर्शन गर्ने



काठमाडौं, १० कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण क्रममा पुशपतिनथा दर्शन गर्ने छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कात्तिक १७–१९ नेपाल भ्रमण गर्ने निश्चित भएसँगै पशुपति क्षेत्र विकास कोष भारतीय राष्ट्रपतिको पशुपतिनाथ दर्शनको तयारीमा जुटेको छ।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण भव्य र स्मरणीय बनाउन लागि परेको कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिए।

राष्ट्रपति मुखर्जीले कात्तिक १८ गते पशुपतिनाथको दर्शन तथा पूजा गर्ने सम्भावना छ।

सम्भवनः बिहानै पशुपतिनाथ दर्शन गर्न महामहिम आउने कार्यक्रम छ, उनले भने, सुरक्षाका कारण समय भने अझै तोकिएको छैन।

पशुपतिनाथका मूलभट्टले राष्ट्रपतिलाई पूजा अर्चना गराउनेछन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।