नेपालीले भत्काइदिए भारतले बनाएको ३ वटा पुल - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नेपालीले भत्काइदिए भारतले बनाएको ३ वटा पुल



दार्चुला  – भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् ।

गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुर र हेभी इक्विपमेन्ट गुड्ने करिब डेढ सय मिटर ट्रयाक बनाएको थियो ।

समाचारमा लेखिएको छ, उसले सोही क्षेत्रमा दुई किलोमिटर पैदल मार्गसमेत निर्माण गरेको थियो ।