नेपाल प्रहरी लियो चार जना भारतीय प्रहरी नियन्त्रणमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेपाल प्रहरी लियो चार जना भारतीय प्रहरी नियन्त्रणमा



काठमाडौं । अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीय किशोरीलाई भगाएर ल्याएको र किशोरी भगाउने नेपाली केटालाई पक्राउ गर्न आएका चार भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउ गरिएको हो।

पूर्व गृहमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्लामै रहेका बेला भारतीय प्रहरी गाउँ पसेको र नेपालीलाई पक्राउ गरेर लैजान लागेको थाहपाएपछि उनले गृहसचिव प्रेमकुमार राईलाई फोन गरेर कसको अनुमतिले भारतीय प्रहरी बर्दीसहित नेपाल आएको भनेर सोधेका थिए।

नेपालमा अपराधी लुकेर बसेको भए उसलाई लैजाने कानूनी प्रकृया हुन्छ तर बर्दीसहित नेपाल आएर घरबाटै थुतेर लाने कानूनी नीति छैन उनीहरु किन कसरी नेपाल आए त्यसको जवाफ चाहियो, भनेर पूर्व गृहमन्त्री रावलले गृहसचिव राईसँग जिज्ञासा राखेपछि गृहसचिव राईले अछामका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भारतीय प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। १५ वर्षीय किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाली भूमिमा आएको अछाम जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।