भ्रष्टाचार मुद्दामा उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

भ्रष्टाचार मुद्दामा उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय



क्विटो (एजेन्सी)

इक्वेडरको एक अदालतले उपराष्ट्रपति जर्ज ग्लासलाई भ्रष्टाचारको मुद्दामा ६ वर्षको जेल सजाय सुनाएको छ।ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेक्टसँग गैरकानुनी सम्बन्ध बनाएर भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई जेल सजाय तोकेको हो।

ओडेब्रेक्टको घोटाला सम्बन्धमा इक्वेडरको अदालतले सुनाएको यो नै पहिलो सजाय हो। उपराष्ट्रपति ग्लाससँगै अन्य ३ लाई पनि १४ महिना जेल सजाय तोकिएको छ। जेल सजाय पाउनेहरूमा उपराष्ट्रपतिका काका रिकाडरे रिभेरा पनि छन्।

समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय न्याय अदालतका अध्यक्ष न्यायाधीश एड्गर फ्लोरेसले बुधबार उपराष्ट्रपतिले पदको दुरुपयोग गर्दै मुद्दालाई प्रभावित गर्न खोजेको बताए। घुस प्रकरणमा अदालतले सबैबाट ५ करोड ३३ लाख रुपैयाँ असुलउपर गर्न आदेश दिएको छ