लुम्बिनी प्रदेश सभापतिमा भरत शाह भारी मतले पछाडी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

लुम्बिनी प्रदेश सभापतिमा भरत शाह भारी मतले पछाडी



बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको अधिवेशनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुनले अग्रता कायम राखेका छन्।

६२८ मत गणना हुँदा संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार पुनले ३६५ मत ल्याएका छन्। यस्तै, संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका उम्मेदवार भरत शाहले २५८ मत प्राप्त गरेका छन्।

१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।