भरतकुमार शाह रुपन्देही ५ बाट एकल उम्मेदवार - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भरतकुमार शाह रुपन्देही ५ बाट एकल उम्मेदवार



काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही ५ बाट कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भएका छन् ।

सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई प्रत्यक्षमा एकल सिफारिस गरिएको क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए।

समानुपातिकमा ८ जना सिफारिस भएका छन् । समानुपातिकतर्फ डा अनिता शाह ढुंगाना, देबिप्रसाद शर्मा जैशी, खडानन्द खनाल, कमलप्रकाश भुसाल, गोबिन्द शर्मा चालिसे, डोलबहादुर थापा, डिल्लीप्रसाद ज्ञवाली, यमबहादुर खत्री र योगेन्द चौधरी रहेको उनले जानकारी दिए ।

२०५६ सालमा शाह विजयी भएको यो क्षेत्रमा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्वर्गीय नेता रामनाथ ढकालले पराजित गरेका थिए ।

०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ ।